सूचनाको शक्ति - The Power Of Information

        

म्यान्चेस्टर एफ.ए कपको क्वाटरफाईनलमा

काठमाडौं । वेष्ट ह्याम युनाईटेडलाई पाखा लगाउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश एफ.ए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड अतिरिक्त समयमा १–० ले विजयी भयो । म्यानयूको जितमा स्कट म्यााक्टोमेनीको गोल निर्णायक बन्यो ।

गएराति नैं भएको अर्को खेलमा बर्न्लेमाथि २–० को जित निकाल्दै बर्नमाउथ पनि प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । एफ.ए कप फुटबलमा अब पाँचौ चरणका ६ खेल बाँकी छन् ।

अब हुने खेलहरुमा म्यान्चेस्टर सिटी र स्वान्सी सिटी, एभर्टन र टोटनह्याम हट्सपर, बार्न्स्ले र चेल्सी, लेष्टर सिटी र ब्राइटन, शेफिल्ड युनाईटेड र ब्रिस्टोल सिटी तथा वुल्भरह्याम्पटन वान्डरर्स र साउथह्याम्पटन भिड्नेछन् ।

एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०७:२५