सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् भारतीय अभिनेता राजीव कपूर

काठमाडौं । भारतीय अभिनेता राजीव कपूरकाे मङ्गलवार निधन भएकाे छ ।

राजीव कपूरकाे हृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपूरले बताएकाे बीबीसीमा उल्लेख छ ।

राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छाे छाेरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।

उनले राज कपूरकाे फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेकाे थिए । त्याे फिल्म निकै सफल रहेकाे थियाे । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।

ऋषि कपूरकाे निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १८:१२