सूचनाको शक्ति - The Power Of Information

        

बजेटकाे मध्यावधि समीक्षा

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो, राजस्वको लक्ष्य १० खर्ब ७४ अर्ब

वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान

काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।

संशोधित खर्चमध्ये चालुतर्फ नाै खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ कराेड रुपैयाँको अनुमान छ ।

साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो अनुमान गर्दा वैशाखमा घाेषणा गरिएकाे चुनाव, कोरोना भाइरसविरुद्धको खाेप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १८:०६