सूचनाको शक्ति - The Power Of Information

        

१९ दिनदेखि बन्द तातोपानी नाका पुनः सञ्चालन

काठमाडौं । १९ दिनदेखि बन्द रहेको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि फेब्रुवरी ८ सम्म नाका बन्द गर्ने जनाएको थियो ।

मर्मत कार्य सकिएकाले नाका पुनः सञ्चालन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गरेको हो ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १२:२३