सूचनाको शक्ति - The Power Of Information

        

आम निर्वाचन

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला तथा वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते प्रतिनिधिसभाको विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १२:०४