सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कार्यरत पत्रकारहरुलाई भोली कोभिड-१९ विरुद्धको खोप लगाईने

संस्थागत परिचयपत्र अनिवार्य

बाँके । बाँकेमा कार्यरत पत्रकारहरुले भोली (मंगलबार) देखि कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाईने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप दोस्रो चरण अन्तर्गत बाँकेका पत्रकारहरुलाई भोली लगाईने भएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंगलबार बिहान १० बजेदेखी भेरी अस्पतालमा रहेको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाइने छ ।

कोभिड १९ विरुद्धको खोप लगाउनका लागि पत्रकारहरुले संस्थागत परिचयपत्रसहित खोप केन्द्रमा उपस्थित हुन् बाँकेका कोरोना फोकल पर्सन तेज वलीले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १८:१८