पहिचानको नाममा विष घोल्ने प्रयास भयो : प्रधानमन्त्री ओली
राजनीति गर्नेहरूले जनतालाई भड्काउने
।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।
नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताए ।
‘यहाँ अनेकताको विष घोल्ने प्रयास भइरहेको छ पहिचानको राजनीतिका नाउँमा’ ओलीले कार्यक्रममा भने, ‘पहिचानको राजनीतिलाई उकासेर अनुचित ढंगले जनतालाई भड्काउने प्रयास भइरहेको छ ।’
।