सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम कहाँ कस्तो रहन्छ आज?

काठमाडौं । पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन् । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैबिच चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु–कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०९:१३