सूचनाको शक्ति - The Power Of Information

        

तरकारी किन्न जाँदै हुनुहुन्छ ? आज कुन तरकारीको मूल्य कति होला ?

Mixed Tropical Fruits and vegetables

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारीको मूल्य विवरण प्रकाशित गरेको छ ।

मूल्य विवरणअनुसार आज स्थानिय काउलीको मूल्य ३७.५० रुपैयाँ, तराई काउली २७.५० रुपैयाँ, ज्यापु काउली ४५ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ र रातो आलु र भारतीय रातो आलु २७.५० रुपैयाँ तोकिएको छ ।

त्यस्तैगरी गोलभेडा सानो (भारतीय), सानो गोलभेडा (तराई) र टनेल गोलभेडा प्रतिकेजी २२.५० रुपैयाँ, सानो गोलभेडा १७.५० रुपैयाँ, ठूलो गोलभेडा ४७.५० रुपैयाँ, च्याउ (डल्ले) २७५ रुपैयाँ र कन्य च्याउ १४५ रुपैयाँ तोकिएको छ ।

विस्तृतमा हेर्नुस्

प्रकाशित मिति : २५ माघ २०७७, आइतवार ०८:२३