सूचनाको शक्ति - The Power Of Information

        

महिला लिगमा आर्मीले चौदण्डीगढीलाई ९–० ले हरायो

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरे ।

आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ ।

एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । महिला लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १७:३९