सूचनाको शक्ति - The Power Of Information

        

भारतको जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा

एजेन्सी । भारत प्रशासित जम्मु–कश्मीरमा १८ महिनापछि इन्टरनेट प्रतिबन्ध फुकुवा गरिएको छ ।

सन् २०१९ अगस्टमा भारतले जम्मु–कश्मीरका लागि संविधानमा भएको विशेष व्यवस्थालाई खारेज गरेको थियो । त्यसपछि सरकारविरुद्ध विरोध बढ्न सक्ने भन्दै त्यहाँ दूरसञ्चार तथा इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो ।

१८ महिने लामो प्रतिबन्धका समयमा एक करोड ३० लाख जनता प्रजातन्त्रिक अधिकारबाट बञ्चित भएका थिए । यद्यपि २० मध्ये २ जिल्लाहरुमा गत वर्ष नै प्रतिबन्ध फुकुवा गरिएको थियो । १८ महिनापछि प्रतिबन्ध फुकुवा भएसँगै अब त्यहाँ फोरजी सेवा सुरु गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मु–कश्मिरका नागरिकलाई पाकिस्तानको अधिनमा रहने वा स्वतन्त्र रहने भन्ने निर्णयको अधिकार रहेको बताउनुभएको छ ।

शुक्रबार पाकिस्तान प्रशासित कश्मीरको कोटली शहरमा एक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले संयुत्त राष्ट्रसंघको प्रतिबद्धताअनुसार उनीहरूले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने बताउनुभएको हो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १७:३३