सूचनाको शक्ति - The Power Of Information

        

थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना पुरुष र ४२ जना महिलामा संक्रमण देखिएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ४८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर ९५ जना क्वारेन्टाइनमा रहँदा ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन् । ६१ जना आइसियू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १७:३०