सूचनाको शक्ति - The Power Of Information

        

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ ।

शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताउनुभयो ।

दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहीसमय अघि आयोजन गरिएको भेलालाई सम्बोधनका क्रममा अब देशमा मांसाहारी आन्दोलन गर्नुपर्ने बताउनुभएको थियो ।

मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उहाँले देश निर्वाचनमा होमिएको घोषणा गर्नुभयो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १४:००