सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका वडाध्यक्ष लामाको निधन

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष विष्णुबहादुर लामाको निधन भएको छ । वडाध्यक्ष लामाको उपचारका क्रममा वडाध्यक्ष लामाको निधन भएको वडा नं. ९ का वडा सदस्य रमेश तिमिल्सिनाले जानकारी दिए ।

वडाध्यक्ष लामा एक महिनादेखि जन्डिसले थलिएका थिए । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । उनी जन्डिसको उपचाररत भएकै बेला उनको निधन भएको हो । ५२ बर्षका लामाको निधनप्रति वडाध्यक्षहरुले शोक व्यक्त गरेका छन् ।

वडाध्यक्ष लामाका दुई छोरा, दुई छोरी र श्रीमती छन् । वि.सं. २०२५ असार २२ गते जन्मिएका अध्यक्षको २०७७ माघ २२ गते निधन भएको हो । वडाध्यक्ष लामाको शव नेपालगन्ज ल्याउने वा काठमाडौं मै दाहसंस्कार गर्ने भन्ने विषयमा परिवारसँग छलफल भइरहेको पनि वडा सदस्य तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार ०६:४४