सूचनाको शक्ति - The Power Of Information

        

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय नेताहरू घाइते

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप भएको छ ।

बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रहरीले नेकपाको जुलुसमा अश्रुग्यास प्रहार गरेको छ । स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री मातृका यादव सडक बन्द गराउँदै हिँडेका जनाइएको छ ।

संवैधानिक आयोगमा नियुक्ति गरिएपछि प्रचण्ड–नेपाल समूहले बिहीवार देशव्यापी आमहड्ताल गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १४:१६