सूचनाको शक्ति - The Power Of Information

        

साँझ छ बजेपछि आम हड्ताल सकिने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज बिहिबारका लागि आयोजना गरेको देशव्यापी आम हड्ताल साँझ ६ बजेसम्म मात्र हुने भएको छ । उक्त पार्टीले जनाए अनुसार आजको आम हड्ताल साँझ ६ बजेपछि स्वत: समाप्त हुनेछ ।

यसैबीच आजको देशव्यपाी आम हड्तालको प्रभाव देशैभरी परेको छ । राजधानी काठमाडौंमा भने यसको आंशिक प्रभाव परेको छ । पाटीका प्रभावशाली नेताहरु पुष्प कमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालसहितका नेताहरुसमेत आम हड्ताल सफल पार्न सडकमा आएका छन् ।

यसैबीच प्रहरीले एक सय पचास भन्दा बढी बन्दकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अष्टलक्ष्मी शाक्यसहित केही प्रभावशाली नेताहरुलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १४:०२