सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध सेवन गरेका श्रीमानले गरे श्रीमतीको हत्या

पर्सा । लागुऔषध सेवन गरेका श्रीमान–श्रीमती बिच विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

भारत बिहार पुर्वी चम्पारण थाना रामगढवा ग्राम चम्पापुर घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–११ स्थित डेरा गरी बस्ने वर्षका असरफ मियाँले श्रीमती बारा जितपुर सिमरा घर भएकी २३ वर्षकी मनु थापा क्षेत्री भन्ने युनिका थापाको हत्या गरेका हुन् ।

असरफ र मनु दुवै लागुऔषध सेवन गरेको बेलामा दुईबिच विवाद हुँदा असरफले मनुको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै डेरा कोठामा घाँटी कसी मारेको जस्तो घाँटी वरीपरी डाम देखिएको अवस्थामा मनुको शव फेला परेको थियो ।

अनुसन्धानको क्रममा दुवैले लागु औषध सेवन गरेको र सोही क्रममा आपसी विवाद हुँदा मनुको हत्या भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

हत्या आरोपमा असरफलाई पक्राउ गरिएको कुँवरले बताए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ०९:५७