सूचनाको शक्ति - The Power Of Information

        

कुर्मुरे उद्योगमा आगलागी, ९ करोड रुपैयाँ भन्दा बढि क्षति भएको अनुमान

झापा ।  झापाको बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे तथा चीज बल्स बनाउने उद्योगमा आगलागी भएको छ।

आगलागीबाट ९ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

बुधबार राति ११ बजेतिर विद्युत सर्ट भएर उक्त उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगो निभाउन बिर्तामोड, भद्रपुर, दमक तथा मेचीनगर नगरपालिकाका दमकल बोलाइएको थियो।

आगो समयमा नियन्त्रणमा नआउँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ०९:५४