सूचनाको शक्ति - The Power Of Information

        

छोराको बिहेका लागि सुन किनेकी आमाले छोराको मुख समेत हेर्न पाईनन

बझाङ । बझाङ जिल्लाबाट विदेश जानेको संख्या एकिन तथ्याङ्क नभए पनी बझाङका युुवाहरु पनी बैदेशिक रोजगारका लागी खाडी मुलुक देखी युरोपियन देशहरुमा रहेका छन ।

बुंगल नगरपालिका ५ टमटना घर भएका २७ बर्षका सुरत कुँवरपनी गाउँकै सरोस्वती माविमा एसएलसी र आइएड गरे त्यसपी महेन्द्र नगर ल्याव समेत पढेका उनी गाउँघरमा काम नपाएपछी ४ बर्ष अघि १२ लाख रुपैयाँ खर्च गरेर रोजगारीकै सिलसिलामा पोल्यान्र्ड हुदै , पोर्चुगल पुगे , विदेश जानकै लागी उनका जेठा बा, र आफ्न्त संग ऋण समेत जोहो गरे , तर सुरतले घरपरिवार र आफन्तले विदेश जादाँ लागेको १२ लाख दुइ बर्षमै चुक्ता गरे ।

सुरतकि आमा विर्मा कुवँरले भनिन ‘ सुरुमै विदेश नजा घरमै व्यपार गर भन्या उसले मानेन भिसा लाग्यो विदेश गयो , विदेश गया पन ठिकै थियो । घरमा विवाहको कुरा र तयारी समेत चल्या थियो । हामीले व्यांलोरमा समेत विहेको लागी सुन समेत किनेका थियौ ।

चेलो बाकसमा आयो क्यार्नु हजुर घरमा एक चेलो रे बुढाबुढी मात्रै छन । त्यहिका मुख डिट थियौ मेरा चेलाको बानिव्यहोरा सबैलाइ सोध्दा भयो । त्यसको बानिव्यहोरा कसो थियो । घरमा उसका बा आज मरुकि भोली मरु भन्दा भयाका छन ।

विदेश साथै बस्याका भान्ज दिनेशले सुरत डिउटी जादै छ , खादै छ ,विसन्चो छैन भन्दै थियो । ’सुरतका भाइ किरनले भने ‘ बैसाखमा घरमा विहे गर्ने कुरा चल्या थियो । केहि दिनमा घरमै आउछु भन्या थियो । घरबाट समेत त्यस्तो केहि तनाब थिएन ।

आफु संगै बस्ने गाउँको मान्छे दिनेश कुँवर संग केहि विवाद भएको थियो रे । शंका लाग्छ उसले मर्दा समेत घरमा जाहेर गरेन । उसंग भएको मोबाइल र एटिएम पनी कहाँ गयो थाहा छैन ।

नेपाल आउन समेत पैसा छदैछ भनेको थियो । क्या कारणले मरेको हो थाहा छैन आफ्न्तकै शंका छ ।घर फर्कन भनेर सपिङ्ग गरेर ठिक्क थियो माग २४ गते ८ बजे टिकट थियो । तर २३ गते नै सुरतको मृत्युको खबर आयो ।

पशुपति आर्यघाट दाहांसस्कारमा सहभागि जेठा बुवाको छोरा विक्रम कुवँरले भने , फेसबुकमा आफुलाई राम्रो भएको खबर सुनाई रहन्थ्यो । तर एक्कासी छतबाट हामफालेर मरेको भन्ने खबर आयो पत्याउनै गाह्रो भयो ।

विदेशमा भएको त्यो घटना सत्यतथ्य केहो ? शंकालाग्छ । यस्तै र्पोर्चुगलमा सुरत संग बस्दै आएका स्थानिय तथा आफ्न्त पर्ने दिनेश कुँवरले भने , घटनाको बारेमा घरपरिवारलाइ जानकारी तथा सबै कुरा भनिसकेको र आफु डिउटीमा छु पछी कुरा गर्छु भन्दै फोन काटेका छन ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ०८:५९