सूचनाको शक्ति - The Power Of Information

        

नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य कंलकीबाट पक्राउ

काठमाडौं । प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।

नेतृ नेकपा दाहाल-नेपाल समूहकी हुन् । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । यसै क्रममा शाक्यलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।

दाहाल-नेपाल समूहले बन्द सफल बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । आम हडताललाई राजधानीका ११ स्थानमा स्थायी कमिटिका सदस्यहरुले नेतृत्व गर्ने जनाइएको थियो ।

सो अन्तर्गत कंलकीमा युवराज ज्ञवाली र शाक्यले नेतृत्व गरिरहेका थिए । प्रहरीले बन्द गराउँदै हिड्ने नेकपा दाहाल-नेपाल समूहका ५६ बढी नेता कार्यकर्ताइलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ०८:४२