सूचनाको शक्ति - The Power Of Information

        

दाहाल-नेपाल समूहका विद्यार्थीले गरे संसद भवन अगाडि चक्काजाम

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका विद्यार्थीहरुले काठमाडौंको नयाँ बानेश्वरमा चक्काजाम गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा मिन भवन क्याम्पसका विद्यार्थीले संसद भवन अगाडि चक्काजाम गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने जनाएको थियो ।

दाहाल-नेपाल समूहको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएका हुन् ।

अहिले सवारी अवागमन सुचारु भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १०:४५