सूचनाको शक्ति - The Power Of Information

        

संवैधानिक परिषद्

संवैधानिक निकायमा सिफारिस भएकाहरूको शपथ आजै, तयारीमा राष्ट्रपति कार्यालय

निर्णय गरेको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्था

काठमाडौं ।  सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिस गरेका व्यक्तिहरूलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । यसअघि संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ४६ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक अंगमा नियुक्तको सिफारिस व्यक्तिहरूलाई आजै शपथ ग्रहण गराउने तयारी भइरहेकाे छ । सिफारिस भएका व्यक्तिहरूले राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन् ।

प्रतिनिधि सभा विघटन भएपछि अख्तियारदेखि मानवअधिकार आयोगसम्म नियुक्त भएका पदाधिकारीको सुनुवाइ भने हुन सकेको छैन । सुनुवाइ नभएपछि सरकारले निर्णय गरेको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई शपथ खुवाएर खटाउने तयारी गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०८:०६