सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय खेलकुद परिषद्

युद्धमा नहारेको देश डल्ला फ्याँक्नेमा किन हार्ने ? : प्रधानमन्त्री ओली

मैदानमा पनि नेपाली खेलाडी हार्न नहुने

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माले खुकुरीकै भरमा समेत लडाइँमा परास्त नभएका नेपाली खेलकुद मैदानमा पनि पराजित हुनु नहुने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार प्रज्ञा भवनमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्रीको अन्तक्रिया ’का क्रममा उनले युद्धमा जस्तै मैदानमा पनि नेपाली खेलाडी हार्न नहुने बताएका हुन् ।

‘अंग्रेजसँगको लडाइँ खुकुरीकै बलमा नेपालीले जित्ने, तर खेलमा हामी किन हार्नुपरेको हो ?,’ उनले भने, ‘फुटबलमा साना डल्ला भकुन्डो हान्ने र क्रिकेटमा बलले हान्ने त हो नि ।’

नेपाल कहिल्यै अरूको उपनिवेशमा नरहेको बताउँदै उनले खेलकुदमा पनि जित्ने बानी बसाल्नुपर्ने जनाए । ‘हामी कहिल्यै उपनिवेश नबनेको राष्ट्र, कहिल्यै नहारेको नेपाल किन यत्रा–यत्रा डल्ला फ्याँक्ने खेलमा हार्ने, सितेरियो, कराते, कम्फु र भारोत्तोलनमा किन हामी हार्ने ?,’ खेलाडीलाई आत्मविश्वासी बनाउँदै प्रधानमन्त्री ओलीले भने ।

परिषद्ले १३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनुअघि नै यो कार्यक्रम तय गरेको थियो । तर, त्यसवेला प्रधानमन्त्री अस्वस्थ भएपछि रद्द भएको थियो । परिषद्ले १४ महिनापछि अन्तत्र्रिmयाको अवसर मिलाएको हो ।

राखेपले आयोजना गरेको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राजनीतितर्फ प्रतिक्रिया नगर्ने बताएका थिए । तर, प्राप्त मौकामा व्यंग्य गर्न भने उनी पछि परेनन् । उनले बारम्बार घुमाउरो रूपमा पूर्वप्रधानमन्त्रीद्वय (प्रचण्ड–नेपाल)माथि टिप्पणी गरिरहे । नयाँ पत्रिका

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०७:५५