सूचनाको शक्ति - The Power Of Information

        

बिनोद भण्डारीको निर्देशन रहेको खेम र जुनाको ‘अभागी त म हुँ’ (भिडियोसहित)

भन्दिनँ म सम्झिन्नौ किन
तिमीलाई फुर्सद चाहिन्छ सम्झिनँ । अभागी त म हुँ, पहिले तिम्रो मायामा बानी पार्‍यौँ सानु, अहिले तिम्रै तिरस्कार कसोगरी सहुँ ।

हिजो मलाई आस किन, भर किन ।
थियो भने दुइ दिनमै तर्किन । अभागी त म हुँ, पहिले तिम्रो मायामा बानी पार्‍यौँ सानु, अहिले तिम्रै तिरस्कार कसोगरी सहुँ ।

यी शब्द हुन लोकदोहोरी गीत ‘अभागी त म हुँ’ मा समेटिएका । गायिका सुनितामी परियार र कुशल बेल्बासेको स्वरमा ‘अभागी त म हुँ’ यतिबेला बजारमा छ । शिब सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको गीतमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ । गीतलाई कलाका। तथा निर्देशक बिनोद भण्डारीले निर्देशन गर्नुभएको हो ।

गीत लेखन र संगीतमा सर्जक सुबेदीलाई निकै चर्चित र लोकप्रिय मानिनुहुन्छ । पछिल्लो समयमा निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् ।

भण्डारी यतिबेला ब्यस्त र रुचाइएका निर्देशकमा पर्नुहुन्छ । सेञ्चुरी गीत–संगीतका हरेक विधामा सफल मानिनुभएका कलाकारका रुपमा लिइनुहुन्छ भने यस गीतमा स्वर भर्नुभएकी गायिका परियारले पनि आफ्नो मिठो स्वरले सबैको मन जित्न सफल हुनुहुन्छ ।

भण्डारी र सेञ्चुरी साङ्गितिक क्षेत्रका जोडीका रुपमा पनि चिनिनुहुन्छ । उहाँहरुले एकसाथमा धेरै गीतहरु गर्नुभएको छ । तर भण्डारीले निर्देशन गरेको गीतमा सेञ्चुरीले अभिनय गरेको यो पहिलो गीत हो ।

नविन र रुक्मिणी भट्टराईको प्रस्तुती रहेको गीतमा माया गरेकी आफ्नी मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ । एकअर्काबिच माया हुँदाहुँदैपनि बाध्यताले छुट्टिनपरेको कथालाई सेञ्चुरी र गुरुङले अभिनय मार्फत उतारेका हुन् ।

शिब सुबेदीको अफिसियल युट्युवमार्फत सार्वजनिक भएको गीतले सबैको मन जितोस हाम्रो शुभकामना ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ११:०९