सूचनाको शक्ति - The Power Of Information

        

बाबा रामदेवले ५ लाखलाई रोजगारी दिने

काठमाडौं । बाबा रामदेवले देशमा पाम तेलको उत्पादन बढाउन सके पतंजलीले पाँच लाख जनालाई रोजगारी दिने बताएका छन् ।

पतंजलीले विभिन्न उत्पादन सौन्र्दय सामाग्री , खाद्यान्न उत्पादन तथा औषधीजन्य सामाग्रीहरु उत्पादन गरेर लाखौंलाई रोजगारी दिदै आएको छ ।

रामदेवले आजसम्म लगभग पाँच लाखलाई रोजगार दिइसकेका छन् । भारतमा पाम तेल उत्पादन बढेपछि भारतको २ लाख करोड रुपैया बच्ने रामदेवले बताए ।

करीब पाँच लाख भन्दा बढी जनालाई स्वामी रामदेवले नै पतंजलिमार्फत रोजगार दिने दावी समेत गरे । भारतमा इंडोनेशिया र मलेशियाबाट पाम तेल आयात हुने गर्दछ ।

नेपालबाट पनि निर्यात हुदै आएको पाम तेल हाल भारतले बन्द गरेको छ । रामदेवले भारत सरकारले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिदै सरकारले प्रस्तुत गरेको वजेट समावेशी भएको बताएका छन् ।

उनले १३७ प्रतिशत बढाउदै २ लाख ३२ हजार करोडको बजेट भारत इतिहासमै पहिलो पटक भएको पनि बताए । रामदेवका अनुसार वजेटमा सबैको लागि केही न केही समेटिएको छ ।

एजेन्सी

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ११:०१