सूचनाको शक्ति - The Power Of Information

        

दाहालविरुद्ध दायर अवहेलना मुद्दामाथी आज सुनुवाइ हुने

काठमाडौं । नेकपा दाहाल – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दामाथी आज सुनुवाइ हुँदैछ ।

अदालतको अवहेलना गरेको भन्दै उहाँविरुद्ध अधिवक्ता समिर हायुले हिजो दर्ता गराउनुभएको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा जिकिर गरिएको छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएका छन् ।

सर्वोच्चले उहांहरुलाई आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १०:५१