सूचनाको शक्ति - The Power Of Information

        

चन्दा आतंकले व्यवसायी आजित

प्रधानमन्त्री ओलीका नाममा मागियो, मन्त्री नै चन्दा असुली धन्दामा

काठमाडौं । वर्तमान सरकारका मन्त्री नै चन्दा असुलीमा संलग्न रहेको पाइएको छ । कानून मन्त्री लिलानाथ श्रेष्ठले श्रेष्ठले विभिन्न व्यवसायीलाई चिठी लेखेरै पैसा मागेको भेटिएको छ । सोमबार सिराहामा हुन लागेको कार्यक्रमका लागि भनेर श्रेष्ठले पैसा माग्दै पत्र लेखेका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदै छन् । ओलीकै नाम समेत उल्लेख गरेर चन्दा मागिएको एक व्यवसायीले बताए । सिराहा जिल्लाका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले यसरी चन्दा आतंक मच्चाएपछि व्यवसायीहरु आजित भएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १४:०४