काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । सोमबार सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा हालेका हुन् । सर्वोच्चले रिट दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ ।
यसअघि प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा परिसकेका छन् । सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदातलको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि निर्वाचन घोषणा गरेकी छन् ।
त्यसयता सत्तारुढ नेकपाका दुई समूह औपचारिक रूपमै अलग भएका छन् । नेकपाका प्रचण्ड–नेपाल पक्ष ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा उत्रिएको छ भने ओली समूह चुनावी अभियानमा लागेको छ । प्रतिनिधि सभा विघटन संविधानविपरीत भन्दै सर्वाेच्च अदालतमा दजर्नभन्दा बढी रिट दायर भएका छन् ।
।