सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

लिगमा आज विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका प्रतिष्पर्धा गर्न लागेका हुन् । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

विराटनगर र आर्मीबीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ । चार खेल मध्ये दुईमा जित, एकमा बराबरी र एकमा हार ब्यहोरेको विराटनगर तालिकाको सातौं स्थानमा छ।

यस्तै आजै एपीएफ र चौदण्डीगढी नगरपालिकाबीचको खेल दिउँसो साढे २ बजे हुनेछ । अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौं खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ ।

चौदण्डीगढी भने अहिलेसम्म खेलेका चार खेलमा नै हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:५१