सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड–नेपाल समूहको नेकपा केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।  बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाखमा निर्वाचनको घोषणा गरेपछि नेकपा सडक संघर्षमा छ । नेकपाले यही माघ २८ गते राजधानीमा  विरोध प्रदर्शन सभा गर्दैछ । त्यसैको तयारी भइरहेकोे नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:४८