सूचनाको शक्ति - The Power Of Information

        

आज कांग्रेसले एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्न

काठमाडौं । सोमबार नेपाली कांग्रेसले एकसाथ ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।

यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन ‘रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:४५