सूचनाको शक्ति - The Power Of Information

        

हेर्नुहोस् यस्तो छ आजको तरकारीको मूल्य, कुनको कति ?

Mixed Tropical Fruits and vegetables

काठमाडौं । सोमबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ६५  देखि ७० रुपैया रहेको छ ।

त्यस्तै आज गोलभेडाको मूल्य किलोको ४० देखि ५० रुपैया, आलु किलोको २६ देखि ३० रुपैया, गाजर किलोको ५० देखि ६०, बन्दा किलोको १२ देखि १५ रुपैया र काउली किलोको २५ देखि ३५ रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै घिउ सिमि किलोको ७० देखि ८०, भिण्डी किलोको ९० देखि १००, फर्सी किलोको ४० देखि ५०, मुला किलोको २० देखि २५, भेण्टा किलोको ५० देखि ६०, लौका किलोको ५० देखि ६०, बरेला किलोको ४० देखि ५० र  रायोको साग २५ देखि ३० मा किनबेच भइरहेको छ ।

1.png

2.png

3.png

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ०८:४१