सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको ‘राष्ट्रिय कलाश्री सम्मान’ यस वर्ष जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो । यस्तै, प्रतिष्ठानले एकलाख रुपैयाँ राशीको राष्ट्रिय कलाश्री पुरस्कार साहित्यका विशिष्ट साधक तथा रंगमञ्चका सशक्त अभियन्ता अशेष मल्ललाई प्रदान गर्ने भएको छ ।

यस्तै ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा पत्रकार ठाकुर वेलबासे, राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार तथा पत्रकार लक्ष्मी उप्रेती, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार युवा चित्रकार विधाता केसी, पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार नेपाली सांगीतिक जगतका संघर्षशील व्यक्तित्व मिलन अमात्य नेवारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यी पुरस्कारहरुको राशी क्रमशः ७५ हजार र ५०/५० हजार रुपैयाँ रहेको छ । यसैगरी प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित योगेश्वर वाङमय पुरस्कार डा. मधुसूदन गिरी र ग्रेगरी कलासंस्कृति पुरस्कार मनोहर लामिछानेलाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानले फागुन महिनामा हुने विशेष समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गर्ने जनाएको छ । विगत १३ वर्षदेखि प्रतिष्ठानले हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि राष्ट्रिय कलाश्री सम्मानबाट क्रमशः जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला र प्रेमध्वज प्रधान सम्मानित भएका थिए ।

भने राष्ट्रिय कलाश्री पुरस्कार कमशः इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईँ, हरिहर शर्मा प्लस शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ र गणेश रसिकलाई प्रदान गरिएको छ ।

यस्तै स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार भने प्रथम पटक कवि विप्लव ढकाल, त्यसपछि क्रमशः कवि श्रवण मुकारुङ, निबन्धकार युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनु मञ्जिल, मणि लोहनी, सुमन पोखरेल र सरस्वती प्रतीक्षालाई प्रदान गरिएको थियो ।

यस्तै बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार यसअघि जयदेव भट्टराई, पूmलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा र रोचक घिमिरेले प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार १५:२५