सूचनाको शक्ति - The Power Of Information

        

६ घण्टापछि प्रदेश १ मा टेलिकमको सेवा सुचारु

विराटनगर । प्रदेश १ मा आइतबार बिहानदेखि अबरुद्ध नेपाल टेलिकमको सेवा ६ घण्टापछि सुचारु भएको छ।

विराटनगरस्थित टेलिकमको प्रादेशिक निर्देशनालय प्रदेश १ का प्रबन्धक राजेन्द्र महर्जनका अनुसार बिहान करिब साढे ३ बजेदेखि अवरुद्ध सेवा मर्मतपछि बिहान ९ बजे सुचारु भएको हो।

प्रबन्धक महर्जनका अनुसार महोत्तरीको बर्दिबासमा मुसाले अप्टिकल फाइबरको तारमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको थियो।

प्रदेशको १४ जिल्लामा टेलिकमको मोबाइल, इन्टरनेट तथा ल्याण्डलाइन सेवा प्रभावित भएको थियो।

प्रबन्धनक महर्जनका अनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहक छन्।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार १४:०९