सूचनाको शक्ति - The Power Of Information

        

मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै नियन्त्रणमा आएन

मनाङ ।  मनाङको नासो गाउँपालिकाका तीन वटा वडाका बस्ती जोखिममा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । आगो निभाउने टोली आगलागी प्रभावित क्षेत्रमा पुगेको भए पनि ठूल्ठूला भीर भएकाले निभाउन समस्या भएको उहाँको भनाइ छ ।

अध्यक्ष घलेकाअनुसार आगो निभाउन नसकिने अवस्था भएपछि सदरमूकामबाट गएको टोलीसमेत फर्किएको छ । उहाँकाअनुसार गाउँ भन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर छ।

गएको मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाका जङ्गलमा आगो लागेको हो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ११:५७