सूचनाको शक्ति - The Power Of Information

        

विघटनविरुद्ध दाहाल–नेपाल माइतीघरमा धर्ना बस्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको दाहाल–नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल माइतीघरमा धर्नामा बस्ने कार्यक्रम रहेको छ ।

गत बुधबारदेखि शुरु भएको धर्ना शनिबार बाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने तय भएको छ । दाहाल–नेपाल समुहले माघ २८ गते काठमाडौंमा आयोजना गर्न लागेको बृहत शक्ति प्रदर्शनअघि माइतीघरमा धर्ना जारी राखेको हो ।

धर्नामा विघटित प्रतिनिधि सभाका सदस्यहरु सहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी भैरहेका छन् ।

धर्नामा सहभागीहरुले संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको बताएका छन् ।

दाहाल–नेपाल समुहले प्रतिनिधि सभा विघटनको विरोधमा देशव्यापी विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ११:४०