सूचनाको शक्ति - The Power Of Information

        

आज काठमाण्डौको न्यूनतम तापक्रम १‍‍.८ डिग्री सेल्सियस

काठमाडौं । काठमाण्डौको न्यूनतम तापक्रम आज १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाण्डौको न्यूनतम दुई दशमलव ७ डिग्री सेल्सियस रहेकाे थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो ।

पानी नपर्दासम्म मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज प्रदेश नम्बर १ को पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना पनि छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ०७:४४