सूचनाको शक्ति - The Power Of Information

        

तालिका अनुसार यौन सम्बन्धले दोब्बर ‘आनन्द’ !

यौन भन्दासाथ मानिसहरूला अनौठो र भड्किलो लाग्न सक्छ, नकारात्मक लाग्नसक्छ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमका कारण हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं ।

अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यति सुखमय छैन, जति हुनुपर्ने थियो । त्यही कारण हाम्रो दाम्पत्य रसिलो हुन सकेको छैन । दम्पतीले यौनसुख कसरी लिने भन्ने कुरामा खुलस्त कुरा गर्नुपर्छ, नयाँ नयाँ अभ्यास गर्नुपर्छ । यसले उनीहरुको सम्बन्ध थप प्रगाढ बनउछ ।

किनभने यौनले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ । यौन तालिका । अचम्म लाग्नसक्छ के यौनका लागि पनि तालिका आवश्यक हुन्छ ? तर, यौन तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ । त्यतिमात्र होइन, यौन जीवनलाई थप आनन्दित बनाउछ । यौन तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो ।

अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौनको कुरा नै नआउन सक्छ । यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर पुर्व तयारीका साथ सम्नन्ध राख्न सकिन्छ । जब थाहा हुन्छ कि आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् ।

नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ । फलस्वरुप यौनमा रोमाञ्चकता दोब्बर बढ्छ । इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ । प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान–श्रीमतीबीच समय नै हुँदैन । यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ । यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ ।

जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । दुई जनामध्ये एक जना यौनका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ । तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन् । त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन । जसले गर्दा यौनमा दोब्बर सन्तुष्टी प्राप्त हुन्छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ०६:३८