कैलाली । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मात्रै नभएर सडकमा पनि ओली एकतिहाइ मात्रै भएको बताएका छन् । अध्यक्ष प्रचण्डले ‘उहाँ पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई मात्रै हुनुहुन्छ ।’
प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै, घमण्ड गर्दै हिँडेका ओलीको घमण्डलाई पनि आजको सभाले चकनाचुर पार्दै सडकमा पनि एकतिहाइ मात्रै भएको पुष्टि भएको दावी गरे ।
‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो,’ प्रचण्ड भने, ‘आज तपाईहरुले सडकमा पनि केपी ओली एक तिहाई नै हो भन्ने सावित गरिदिनुभयो ।’
जुर्मुराएको सुदूरपश्चिमले तानाशाहविरुद्ध झुक्दै नझुक्ने सन्दशे दिएकोसमेत अध्यक्ष प्रचण्डले बताए । पार्टीमा कमजोर भए पनि सडकमा बिलियो छु भन्ने ओलीलाई पछिल्ला तीन दिनका सभाले फुच्चे सावित गरिदिएको उनको दावी थियो ।
।