सूचनाको शक्ति - The Power Of Information

        

कस्तो निर्दयी संस्कार ! जहाँ युवतीको योनी छेदन गरिन्छ

एजेन्सी । महिलाको योनी छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनीरुपमा प्रतिबन्ध लगाइए पनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन् । तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ ।

मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खानेभन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् । ‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पुर्याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाइन भने अर्की महिलाले खुट्टा । त्युपछि उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे ।’

मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् ।’ यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभीझैं पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पीडित महिला महिलाको गुप्ताङ्ग छेदन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् ।

चिकित्सकीय कारण छैन

एफएमजी अन्तरगत महिलाको यौन अंगलाई आशिक वा पूर्णरुपमा छेदन गरिन्छ । काट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्णरुपमा पितृसतात्मक सोचमा आधारित छ । योनी छेदन गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ । ‘महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् ।

कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ । यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मानसिकरुपमा अस्वस्थ हुन थालेका छन् ।

राष्ट्रसंघको संकल्प प्रस्ताब

सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा योनी छेदन भन्ने गरिन्छ । ‘एफजीएम अझै भित्रभित्रै गोप्यरुपमा गरिन्छ,’ चेन्ज डट ओराजीकी प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमका बिरुद्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भनिन् ।

कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले योनी छेदनको कुप्रथा कायमै देखिन्छ,’ उनले भनिन् । ‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दागर्दै कतिपय बालिकाको मृत्युसमेत भएको छ,’ इन्साफले भनिन् ।

एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौनको दृष्टिले समेत हानी गर्ने विज्ञहरु बताउँछन् । केही वर्षअघि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रतिबन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विनातर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।

कसरी गरिन्छ योनी छेदन ?

योनी छेदन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः योनीको भङ्गकुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले योनी मुखको भित्रि भोगस्ठ (लेबिया)लाई हटाउछन् । मुत्र निकास हुन र मासिक धर्मको समयमा अबरोध नहोस् भनेर सानो द्वार राखिएको हुन्छ । सहबास र बच्चा जन्माउँदा योनी आफै खुल्ने बताइन्छ । यस पक्रियाले योनीमा संक्रमण, दीर्घकालिन पीडा र बच्चा जन्माउदा समस्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार १३:०४