सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

प्रधानमन्त्री ओलीले आज चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने

ईश्वर पोखरेल र रामबहादुर थापाले पनि सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न उनी जाने भएका हुन्।

जनसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने भएका छन्। चितवन जिल्ला कमिटीले हजारौंको सङ्ख्यामा मानिसहरूलाई सडकमा उतार्ने जानकारी दिएको छ।

नेकपा राजनीतिक रूपमा विभाजित भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाले देशका विभिन्‍न ठाउँमा दिनहुँजसो जनप्रदर्शन गर्दै आएका छन्।

पार्टी विभाजनदेखि प्रतिनिधिसभा विघटनसम्मको स्थिति आउनुमा एकले अर्को पक्षलाई आरोप लगाउँदै आएको स्थिति रहेको छ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:२५