बझाङ । बझाङमा एक जनाले निजी लगानीमा मन्दिर निर्माण गरेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–९ का मानबहादुर बोहराले गाउँमै झण्डै १० लाख रुपैयाँ बराबरको लगानी लगाएर मन्दिर निर्माण गरेका हुन् । बोहराले हजुरबुवा रतिभान बोहरा र बुवा गम्भीर बोहराको इच्छा अनुसार कालो ढुङ्गा मन्दिर निर्माण गरेको बताए ।
‘हजुर बुवा र बुवाले मन्दिर निर्माण गर्ने ठूलो इच्छा गर्नुभएको थियो,’ बोहराले भने, ‘अहिले मैले मन्दिर निमार्ण गर्न सफल भए । मेरो परिवारसहित गाउँले पनि खुसी छन् ।’ मन्दिरमा चैते दशमी र नवरात्रीमा पुजाआजा सहित मेला लाग्ने गर्दछ ।
युवा निर्माण व्यवसायी बोहराले यस अघि पनि गाउँमा विभिन्न सामाजिक सेवा गर्दै आएका छन् । उनले बन्दाबन्दीको समयमा गाउँमा राहतसमेत वितरण गरेका थिए । कोरोना कहरका बीच भारतबाट फर्केर सिमानाका गौरीफन्टामा सास्ती भएका नेपालीहरुलाई पनि उनले खाना, पानी दिएर सहयोग गरेका थिए ।
।