सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट धकेलेर एकको हत्या

बझाङ । बझाङमा भीरबाट धकेलेर एकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मा भीरबाट धकेलेर ३५ वर्षिय रमेश बोहराको हत्या गरिएको हो । उनलाई भीरबाट खसाल्ने ३३ वर्षिय लव बोहरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए । रमेश बोहरालाइ भीरानो भीर भन्ने ठाउँबाट खोरी खोलामा धकेलेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:०३