सूचनाको शक्ति - The Power Of Information

        

प्राधिकरणले निकाल्यो एक महिनासम्म दैनिक ९ घण्टा विद्युत कटौती हुने सूचना

File Photos: THT

विराटनगर ।  नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना निकालेको छ ।

दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म दैनिक नौ घण्टा विद्युत कटौती हुन सक्ने कार्यालयले जनाएको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनाअनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत फागुन १२ गतेसम्म अवरुद्ध हुन सक्नेछ ।

प्रत्येक दिन विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:०२