काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदै छ । फाइनलमा विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ ।
एपीएफले नेपाल पुलिस क्लबलाई र आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । फाइनलको अघिल्लो दिन हिजो कीर्तिपुर मैदानमा उपाधि विजेताले प्राप्त गर्ने ‘ट्रफी’ सार्वजनिक गरिएको छ । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारीले ट्रफी सार्वजनिक गरेका हुन् ।
अन्तिम दुई स्थान बनाउँदा एपिएफ समूह ‘ए’ बाट विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी सोही समूहबाट उपविजेताका रुपमा प्रवेश गरेको थियो । समूह चरणको भेटमा भने एपिएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो ।
यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमने सामने भएका छन् । जसमा एपिएफ बलियो देखिएको छ ।
।