सूचनाको शक्ति - The Power Of Information

        

अब सरकारले स्वास्थ्य सामाग्री खरिद पारदर्शी रुपमा गर्छ : स्वास्थ्यमन्त्री

नवलपुर  । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले अब स्वास्थ्य सामाग्री पारदर्शी रुपमा खरिद गर्ने बताउनु भएको छ ।

शुक्रबार मध्यविन्दू जिल्ला अस्पताल अवलोकन गर्न नवलपुर पुग्नु भएका मन्त्री त्रिपाठीले स्वास्थ्य सामाग्री खरिदमा कुनै अपारदर्शिता नहुने र विवाद नआउने बताउनुभयो ।

सरकारले सिधै कम्पनीमार्फत खरिद गर्दा पारदर्शी हुने भन्दै उहाँले आफु मन्त्री भइन्जेल विवादमा आउने कुनै काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री त्रिपाठीले कोभिड– १९ विरुद्धकोे खोपको उचित तरिकाले प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो ।

अग्रपंक्तिमा रहेर गरेको कामलाई सरकारले सधै स्मरण गर्ने भन्दै उहाँले स्वास्थ्यकर्मीलाई परेका समस्या हल गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १६:४८