सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका कारण विश्वमा एकैदिन १६ हजार ३५ जनाको ज्यान गयो

काठमाडौं ।  विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको ज्यान गएको छ भने एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड १९ लाख ९ हजार ९ सय ७९ पुगेको बताइएको छ । विश्वमा कोरोना संक्रमणबाट हालसम्म ज्यान जानेको संख्या २१ लाख ९८ हजार ९ सय ८० पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०८:०५