सूचनाको शक्ति - The Power Of Information

        

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।

टोटनह्यामको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे ।

टोटनह्यामका होएबर्गले एक गोल फर्काए । खेलको सुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए भने ५६ औं मिनेटमा लिभरपुलका मोहोमद सालाहले पनि पाएको पेनाल्टी अवसरमा गोल गर्न सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ३७ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शिर्ष स्थानको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि परेको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ४० अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

एजेन्सी

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०७:४५