सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति बाइडेनको घडीको चर्चा

काठमाडौं । २० जनवरीमा अमेरिकाका ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दै गर्दा जो बाइडेन घडीका कारण पनि चर्चामा रहे । पारिवारिक बाइबललाई हातमा राखेर शथप ग्रहगा गर्दै गर्दा मिडियाका क्यामेरा उनको हातको घडीमा केन्द्रित भए । बाइडेनको बायाँ हातमा जुन घडी थियो त्यो रोलेक्स डेटजस्ट थियो ।

निलो डायलकेस रहेको यो घटी स्टेनलेस स्टिलबाट बनेको छ जुन घडीको मूल्य ७ हजार डलर (८ लाख १८ हजार रुपैयाँ) पर्छ । न्यूयोर्क टाइम्सका अनुसार बाइडेन मात्र नभइ यसअघिका राष्ट्रपतिहरु पनि शपथ ग्रहणका क्रममा महंगो घडी लगाएका देखिएका थिए । यसलाई पदको हिसाबले पनि उपयुक्त मानिन्छ ।

ह्वाइट हाउसमा राखिएका तस्वीरमा पूर्वराष्ट्रपति आइजनओभर र लिंडन बी जोनसनको हातमा रोलेक्स गोल्ड घडी देखिन्छ । आम रुपमा रोलेक्स गोल्ड घडी राष्ट्रपतिको लागि बनाइएको मानिन्छ । कैयौं उच्च नेता र राष्ट्राध्यक्षले यस्ता घडी लगाउँछन् । बिल क्लिन्टनको हातमा पनि यस्तै घडी देखिन्थ्यो ।

उनी टाइम्याक्स आइरनम्यान मोडल लगाउँथे । जर्ज डब्लु बुशको हातमा टाइम्याक्स इण्डिंग्लो देखिन्थ्यो । बाराक ओबामाले शिनोला ब्राण्डको घडी लगाउँथे । यसको मूल्य त्यतिबेला ५ सय डलर थियो । यो मोडल अमेरिकाको डेट्रायटमा मात्र बन्छ । डोनाल्ड ट्रम्पले प्याटेक फिलिप, रोलेक्स र भ्याकेरोन कन्स्टान्टिन गोल्ड घडी लगाउँथे ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १९:१९