सूचनाको शक्ति - The Power Of Information

        

छबिसपाथीभेरा हत्या प्रकरण

हत्यामा संलग्न चार जना सावर्जनीक, तीन दिनपछि सिंहको दाहसंस्कार

बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिका–३ झडिखेल्लामा खुडा प्रहार गरी हत्या गरिएका अमृत सिंहको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको मंगलवार चुनाव सकेर घर फर्किने क्रममा सिंहको मंगलबार साँझ हत्या गरेको थियो ।

उक्त हत्यामासंलग्न रहेको भन्दै प्रहरीले विहिबार वडाध्यक्षसहित चार जनालाई सार्वजनिक गरेको छ । सिंह हत्याको घटनामा संलग्न रहेका छविसपाथिभेरा गाउँपालिका–२ का ३६ बर्षीय विकास ऐडी, सोही ठाउँ घर भएका ३४ बर्षीय प्रकाश ऐडी, ३२ बर्षीया ज्ञानबहादुर कठायत र ३७ बर्षीय केदारमान ऐडीलाई पत्रकार सम्मेलन गरी विहिबार सार्वजनीक गरेको हो ।

विकास ऐडी छविसपाथिभेरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पनि हुन् । दिउँसो विद्यालयको निर्वाचन शान्तिपूर्ण तरिकाले भएको बताउँदै प्रहरी नायव उपरीक्षक रुपक खड्काले बेलुका फेरि सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी चारै जनाले सिहंको हत्या गरेको बताए । हत्या आरोपी चारै जनाविरुद्घ जिल्ला प्रहरी कार्यालय बझाङमा कर्तव्य ज्यान सम्वन्धी मुद्घा दर्ता गरिएको छ ।

साँझ घर जाने क्रममा चार जनाको समुहमा आएका युवाहरुले उनीमाथि धारिलो हतियार प्रहार गरेका मृतकका आफन्त सचिन सिंहले बताए । वडाध्यक्षले चढ्ने सरकारी नम्बरकोे मोटरसाइकलमा आएका उनीहरुले हतियार प्रहार गरी हत्या गरेको पीडित पक्षले बताएको छ । १८ महिनादेखि सहमति नभएर विवादमा रहेको विद्यालयको व्यवस्थापन समितिका लागि चुनाव हुँदा काँग्रेस पक्षले विजय भएको थियो ।

मत आ आफ्नो पक्षमा हाल्नुपर्ने भन्दै दिउँसो पनि दुवै पक्षका युवाहरुबीच सामान्य झडपसमेत भएको थियो । मृतक सिंहको सेति नदी र बाउली खोलाको दोभानमा विहिबार दिउँसो शव दाहसंस्कार गरिएको छ । साथै हत्यामा संलग्नहरुलाई फाँसीको माग गर्दै मृतकका आफन्त लगायत विभिन्न संघ संगठनहरुले सदरमुकाम चैनपुरमा नारा जुलुससमेत गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १८:३३